चन्द्रागिरि त्रिभूवन पार्कस्थित एक युवाको शव फेला

असोज १५, काठमाडौं । काठमाडौंको चन्द्रागिरि त्रिभूवन पार्कस्थित एक युवाको शव फेला परेको छ । 

चन्द्रागिरी नगरपालिका वडा नं.४ त्रिभूवन पार्कस्थित वडा नं.४ र ७ को बिच भागमा रहेको खोलामा एक युवाको शव फेला परेको हो । 

महानगरीय प्रहरी बृत्त थानकोटका डिएसपी कुमार विक्रम थापाले नाम थर वतन नखुलेको अन्दाजी ३०, ३५ बर्षको पुरुष ब्यक्तिको शव खोलाको पानीमा मृत अवस्थामा फेला परेको बताए । 

थानकोटका डिएसपी थापाका अनुसार मृत फेला परेका व्यक्ति गहुँगोरो वर्णका छन् । उनको उचाई ५ फिट १ इन्च छ । कालो जिन्स पाईन्ट लगाएका उनको अनुहार मंगोलियन टाइपको छ । 

थानकोट प्रहरीले कोही कसैले हुलिया थाहा पाए सम्बन्धित व्यक्तिहरुलाई थानकोट प्रहरीमा खबर गर्न अनुरोध समेत गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 1 =