चितवनमा देखिएको बर्डफ्लु संक्रमण काठमाडौंमा पनि देखियो
२०७४ जेठ १५ गते

“काठमाडौं, जेठ १२ । केही दिनअघि चितवनमा देखिएको बर्डफ्लु संक्रमण काठमाडौंमा पनि देखिएको छ । काठमाडौंको तारकेश्वर नगरपालिकाअन्तर्गत धर्मस्थलीमा हाँस र कुखुरामा बर्डफ्लु देखिएको हो ।
सानो खोरमा पालिएका कुखुरा र हाँसमा बर्डफ्लु फेला परेको पुष्टि भएपछि शुक्रबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले चिकित्सकसहितको टोली प्रभावित क्षेत्रमा खटाएको थियो ।
महाशाखाका अनुसार तारकेश्वरका हिरा तामाङले पालेको हाँसमा बर्डफ्लु भेटिएको हो । तामाङले पालेको हाँस र कुखुरा नष्ट गरिएको छ ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








