आज चिसो कम, काठमाडौंको न्यूनतम तापक्रम १.८ डिग्री

पुष १४, काठमाडौँ । काठमाडौंमा सोमबार न्यूनतम तापक्रम १.८ डिग्री सेल्सियस मापन गरिएको छ । हिजोको तुलनामा आज सोमबार न्यूनतम तापक्रम केही मात्रामा बढेको छ ।  चिसो गराउने मौसमी प्रणाली सक्रिय नै रहे पनि अघिल्ला दिनको तुलनामा केही कमजोर भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

देशैभरि हाल जाडो बढेको छ । यसको प्रमुख कारण नेपालमाथिबाट जेट स्ट्रिम गइरहनु रहेको मौसम विभागको भनाइ छ । त्यसकै कारण उत्तर पश्चिमी क्षेत्रबाट नेपाल तर्फ चिसो हावा बहेको छ र देशभरि नै जाडो बढेको छ । 

तर आइतबारको तुलनामा सोमबार चिसो हावा बहने क्रम केही कम भएको छ । यसले गर्दा काठमाडौँ उपत्यकासहित देशभरको न्यूनतम तापक्रम केही बढेको छ ।   

आइतबारको न्यूनतम तापक्रम एक डिग्री सेल्सियस थियो । त्यसअघि शनिबार काठमाडौँको न्यूनतम तापक्रम ०.६ डिग्री सेल्सियस मापन भएको थियो । 

यस्तै पोखराको न्यूनतम तापक्रम ५.५, धनकुटाको ६.७, विराटनगरको ४.२ तथा दिपालयलको ३.६ डिग्री सेल्सियस मापन भएको छ । 

देशभरका तराई क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । यस्तै काठमाडौँ उपत्यकासहितका पहाडी क्षेत्रमा पनि कुहिरो लागेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =