दोस्रो हाफमा नेपालको अर्को गोलः नेपाललाई ३–०को अग्रता
मकालु खबर
२०७५ चैत ६ गते
चैत्र ६, विराटनगर । चैत्र ६, विराटनगर । पाँचौ साफ महिला भ्याम्पियन्ससिप फुटवल प्रतियोगिताको दोस्रो हाफमा नेपालले पुनः २ गोल थपेको छ । नेपालका लागि अनिता बस्नेत र सावित्रा भण्डारीले गोल गरे । प्रतियोगिताको ७२ औं मिनेटमा अनिताले गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाएकी थिइन् । त्यसको ९ मिनेटमै पुनः सावित्रा भण्डारीले गोल गरिन् ।
श्रीलंकाको तर्फबाट अहिलेसम्म कुनै गोल हुन सकेको छैन । प्रतियोगितामा नेपालले आक्रमक खेल प्रस्तुत गर्दा श्रीलंका भने रक्षात्मक खेल खेलिरहेको छ ।
मकालु खबर
२०७५ चैत ६ गते
प्रतिक्रिया
सम्बन्धित