“परदेशीको यथार्य चित्रण गरिएको “”बोल माया”” एक हप्तामै युट्युब ट्रेडिङको नं १ मा(भिडियोसहित)”

“
बागलुङ, जेठ १० । बोल माया बोलको गीतको भिडियो हेर्दा र सुन्दा कसको मन नरोएको होला, कसका आँखा रसाएनन् होला र ? नामले मात्रैपनि महत्व राख्ने बहुत चर्चित लोकदोहोरी गायक नारायण रायमाझी र अहिलेकी चर्चित एवं मिठो आवाजकी धनी गायीका शान्ती श्री परियारको आवाजमा रहेको लोकप्रिय कलाकार प्रकाश सपुतको गीत हो ‘बोल माया’ ।
सपुतकै शब्द, संगीत तथा निर्देशनमा तयार पारिएको उक्त गीत भिडियोसहित बजारमा आएको एक हप्तामै युटुवमा ट्रेन्डिङ १ मा परेको छ । सार्वजनिक हुनासाथ धेरैले मन पराएको बोल मायामा कामको लागि बिदेशीने युवा र त्यपछिको अवस्थालाई यथार्थ चित्रण गरिएको छ ।
धनको आसमा बिदेश गएका तर बाकसमा फर्किएका युवा र उनको परिवारको बिचल्लीत अवस्था यस गीतले छर्लङ पारेको छ । हेर्नेवित्तिकै मुटु काप्ने र आखाबाट आशु झर्ने यो गीतमा अन्जली अधिकारी र प्रकाश सपुतको जिवन्त अभिनय देख्न सकिन्छ । गीतमा कमल सौरागको म्युजिक एरेन्ज रहेको छ । विदेशमा प्रियजन गुमाउने नेपाली परिवारको वेदनामा आधारित लोकगीत ‘बोल माया’ अहिले चर्चामा छ ।
सार्वजनिक भएको छ दिनमै उक्त गीत नेपालमा १२ लाखभन्दा बढी पटक युट्युबमा हेरिएको छ । धेरैपछि नेपाली लोकगीत ‘युट्युब टे«डिङ’ को १ नम्बरमा आएको छ ।
https://youtu.be/VrR4f5NHlDw”








