अपडेटः सुनसरीमा बस दुर्घटना, ३० घाइते(नामसहित)

“
धरान, जेठ ९ । सिराहाबाट सुनसरीको धरानतर्फ आउदै गरेको बस इटहरी–१ स्थित बरगाछी होम्स नजिकै पल्टदा एकजनाको घट्ना स्थलमै मृत्यु भएको छ भने करिब ३० जना घाईते भएका छन । मृतको नाम खुल्न सकेको छैन ।
धरान आउदै गरेको ना ४ ख ४२५८ नं को बस तिब्र गतिमा रहेको र बसले सडकको यात्रु जोगाउने क्रममा सडक किनारामा पल्टिदा सो दुर्घटना भएको सुनसरी प्रहरीले जनाएको छ ।
स्थानीय सबिता बस्नेतले बस तिब्र गतिमा आएकोले झण्डै आफुलाई समेत हानेको बताएकी छिन् । बस पल्टीएको देखरे यात्रुहरु कराउन थालेपछि आफुलाई निकै डर लागेको समेत उनले बताएकी छिन् ।
घाइतेहरुको तरहरा स्थित बिदान्त क्लिनिकका साथै धरान स्थित वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय इटहरीका इन्स्पेक्टर राजन कार्कीले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय इटहरीले, सप्तरी कन्चनपुर ८ की ३५ वर्षीय सुनिता देवि राउत, सिराह धनगढी १० का ७० वर्षीय धन ब. मगर, धनगढी. ८ कै ५० वर्षीय आगदेवी यादव ,सुनसरी ईनरुवा ५ बस्ने ४७ वर्षीय कल्पना पोख्रेल, सिराह गोलबजारका १९ वर्षीय सुनिल राना,.सिराह गोलबजार न.पा.२ की ३५ वर्षीय सुनिता यादव,.सुनसरी हरिपुर ५ का २५ वर्षीय जिप्सि कूमार.महतो, सुनसरी हरिपुर ५ का ५० वर्षीय सुर्यदेव महतो, सुनसरी ईनरुवा वडा नम्वर ५ का २४ वर्षीय सुवास ढकाल,.सप्तरी कनचनपुर ४ का ५० वर्षीय राम ललित पासवान, सुनसरी धरान ६ पानमारा बस्ने ४८ वर्षीय पुस्पा काफले, सिराह लक्ष्मिपुर २ बस्ने ४० वर्षीय भिजिलाल यादव,.सिरहाका हरि कुमार यादव, सप्तरी कञ्चनपुरका गजेन्द्र प्रसाद शाह, सुनसरी ईनरुवाका ६१ वर्षीय राम प्रसाद दाहाल, सिरहा धनगढिका ५२ वर्षीय चन्द्रदेव यादवको पहिचान खुलेको जनाएको छ ।
अन्य घाईतहरुको नाम संकलन कार्य भईरहेको प्रहरीले जनाएको छ ।
“








