यस्ता छन्, आजका पत्रपत्रिकामा प्राथमिकतामा परेका समाचार

वैशाख ३१, काठमाडौं । आज बैशाख महिनाको अन्तिम दिन अर्थात मसान्त । आज राजधानीबाट प्रकाशित विभिन्न पत्रपत्रिकाले विभिन्न समाचारहरुलाई प्राथमिकता दिएका छन् । आजका राष्ट्रिय मिडियाहरुमा सार्वजनिक जग्गा दुरुपयोग, अन्तरजातीय विवाहका कारण गाउँलेले भोग्नुपरेको समस्या, सहकारीको ठगीलगायतका विषयका समाचारले स्थान पाएका छन् । प्रधानमन्त्रीको कम्बोडिया भ्रमण, संस्कृतिविद् सत्यमोहन जोशीको जन्मोत्सवको विषयलाई पनि आजका पत्रपत्रिकामा प्रमुख खबर बनेका छन् । 

कान्तिपुर दैनिकले संस्कृतिविद् सत्यमोहन जोशीको १०० औं जन्मदिवसलाई प्राथमिकता दिएको छ । कान्तिपुरले जोशीको नगरपरिक्रमाको तस्वीर छापेको छ । साथमा २ हजार जनाको २४ करोड ठगेको सहकारीको समाचारले पनि प्राथमिकता पाएको छ । 

यसैगरी बालुवाटार जग्गा अनुसन्धान गर्ने डीएसपी सरुवामा परेको समाचार पनि छ । बालुवाटारस्थित ललिता निवासको जग्गा कब्जाबारे छानबिनमा संलग्न केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी कविद् कटुवालको सरुवा भएका छन् । उनलाई रौतहटको इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुर पठाइएको छ । भने, त्यहाँ कार्यरत डीएसपी कुमुद ढुंगाना यस अघि नै छानबिनका लागि काठमाडौं तानिएका थिए । 

null

 

यसैगरी अन्तरजातीय बिहेपछि मोरङको मुसहर बस्तीले पानी नपाएको समाचार पनि कान्तिपुरको प्राथमिकतामा परेको छ । बूढीगंगा गाउँपालिका–२, सख्मा टोलका मुसहर अन्तरजातीय विवाहकै कारण पानी पाउनबाट वञ्चि भएका हुन् । स्थानीय सनी ऋषिदेव र सिर्जना थापामगरले भागी विवाह गरेपछि थापा परिवारले खानेपानीको सामूहिक ट्युबवेल उखेलेर फालेको विराटनगर संवाददाता विनु तिम्सिनाले लेखेको समाचार कान्तिपुर समाचारलाई कान्तिपुरले आज प्राथमिकताका साथ उठाएको छ । 

कान्तिपुर पछि अब जाउँ, अन्नपूर्ण दैनिक तर्फ । आजको अन्नपूर्णले देवाधीदेव पशुपति नाथको जग्गा अतिक्रमणबारे रिपोर्ट प्रकाशित गरेको छ । अन्नपूर्णका अनुसार पशुपतिको २३१ रोपनी जग्गा गायब भएको छ । 

 

‘भनिन्छ, पशुपतिनाथले सबैको रक्षा गर्छन् । तर नेपालका भूमाफिया यति शक्तिशाली छन्, जसबाट पशुपतिनाथले आफ्नो जायजेथा रक्षा गर्न सकिरहेका छैनन् । पशुपतिका नाममा रहेको उपत्यकाकै कम्तीमा २ सय ३१ रोपनी १० आना जग्गा कहिले कसले खायो पत्तो छैन’ अन्नपूर्ण लेख्छ । यसका अलावा आजको अन्नपूर्णमा संस्कृतिविद् सत्यमोहन जोशीको जन्मोत्सव, संखुवासभामा आएको हावाहुरीबाट पुगेको क्षती र शिक्षामा दुईथरी ऐन भन्ने समाचार प्रथम पृष्ठमा उल्लेख छ । 

यता गोरखापत्रले भने, नेपाल र कम्बोडियाबीच सम्झौता भएको समाचारलाई प्राथमिकता दिएको छ । गोरखापत्रले राष्ट्रपतिले जनकपुरमा गरेको संवोधन, मिडिया काउन्सिललाई सवोधन एकीकरण गर्न संसदमा दर्ता भएको विधेयक सन्दर्भमा सरोकारवालाको राय सहितको समाचार प्रकाशित गरेको छ । 

नागरिक दैनिकले भने मालपोत कार्यालयका कारण ललितानिवास जग्गा फर्काउन ढिलाइ भएको खबर लाई प्राथमिकता दिएको छ । मालपोत कार्यालय डिल्लीबजारबाट साविक र अहिले कायम रहेको जग्गाको कित्ता नम्बर एकमुष्ठ आइनसकेका कारण फिर्तासम्बन्धी निर्णयमा केही ढिलाइ भएको भूमि व्यवस्था मन्त्रालयका सचिव गोपीनाथ मैनालीले बताएका छन् । नागरिक दैनिकमै ११ न्यायाधीश बेकामे भएको र अमेरिकी राजदूतले प्रेस स्वतन्त्रताबारे चासो राखेको खबरलाई प्राथमिकतामा राखेको छ । 

आर्थिक समाचार प्रकाशित गर्ने कारोबार दैनिकमा मा भारतीय चुनावले नेपालमा परेको प्रभाव, बैंकको नाफालगायतका समाचार छन् । 

 

 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 6 =