सञ्चालनमा आयो हुनमानढोका दरबार संग्रहालय

काठमाडौँ, जेठ ८ । तीन वर्षदेखि बन्द रहेको विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको संग्रहालय सञ्चालन भएको छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि नासलचोकमा रहेको संग्रहालय बन्द थियो । संग्रहालय रहेको भवन भूकम्पले पूर्णरुपमा क्षति भएपछि ऐतिहासिक चीजबीज संग्रह गरिएको स्थल बन्द भएको हो ।

हनुमानढोका क्षेत्रको भ्रमणमा जाने पर्यटकलाई केही सामग्री देखाउने उद्देश्यले संग्रहालय दरबारको ढुकुटीमा सञ्चालन गरिएको पुरातत्व विभागले जनाएको छ ।

संग्रहालय रहेको भवन बन्न अझै तीन वर्षभन्दा बढी लाग्ने भएकाले दरबारको ढुकुटीमा अस्थायी रुपमा हेर्ने व्यवस्था मिलाइएको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए ।

संग्रहालयमा राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रको जीवनका पाला सम्मका चीजबीज र ऐतिहासिक सामग्री संग्रह गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =