साताको पहिलो दिन आईबार सुनचाँदीकै भाउ स्थिर
२०७६ मंसिर १ गते

मंसिर १, काठमाडौँ । आज साताको पहिलो दिन आईबार सुनचाँदीकै भाउ स्थिर भएको नेपाल सुनचाँदी व्यवसायी महासंंघले जनाएको छ ।
शनिबार प्रतितोला ७१ हजार ८ सय रुपैयाँ कायम भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भईरहको महासंघले जनाएको छ । महासंघका अनुसार हिजो प्रतितोला ७१ हजार पाँच सय रुपैयाँमा कारोबार भईरहेको तेजावी सुन पनि आज सोही मूल्यमा कारोबार भईरहेको छ ।
आईबार चाँदीको मूल्यपनि यथावत् रहेको छ । शनिबार प्रतितोला ८ सय ५५ कायम रहेको चाँदीको मूल्य आज पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ ।

२०७६ मंसिर १ गते
प्रतिक्रिया
सम्बन्धित








