आइपिएल :दिल्ली डेयरडेभिल्सको अन्तिम खेलमा पनि खेल्दै सन्दीप
२०७४ जेठ १५ गते

“
काठमाडौँ । लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले दिल्ली डेयरडेभिल्सको अन्तिम खेलमा पनि खेल्ने भएका छन् ।
लिग चरण अन्तर्गत मुम्बई विरुद्धको अन्तिम लिग खेलका लागि दिल्ली डेयरडेभिल्सको टिमबाट सन्दीप पनि खेल्दैछन्। पछिल्लो खेलमा ३ विदेशी खेलाडी मात्र खेलाएको दिल्लीले मुम्बई विरुद्ध खेल्दा आभेष खानको स्थानमा अर्को विदेशी खेलाडी लियम प्लनकटलाई टिममा ल्याईएको छ।
लगातार दुई खेलमा उत्कृष्ट बलिङ गरेपछि सन्दीप भारतीय मिडियामा चर्चाको विषय बनेका छन्।
प्लेअफमा स्थान बनाउन मुम्बईका लागि दिल्ली विरुद्धको खेल जित्नैपर्ने बाध्यता छ। यसअघि नै प्लेअफ होडबाट बाहिरिसकेको दिल्ली भने अन्तिम खेलमा सुखद नतिजा निकाल्ने दाउमा रहेको छ।
दिल्लीले अन्तिम खेलमा अहिले मुम्बईसँग खेल्दैछ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








