खैरहनीमा सबैको र्‍यापिड टेष्ट नेगेटिभ

वैशाख ४, खैरहनी । विदेशबाट आई होम क्वारेनटाईनमा बसेका खैरहनी नगर भित्रका सबैको र्‍यापिड डाईग्नोष्टिक टेष्ट (आरडिटी ) रिपोर्ट नेगेटिभ आएको छ ।   

चैत महिनामा विदेशबाट आएका ८० जनामा यो परीक्षण गरिएको थियो । उनीहरु सबैको र्‍यापिड टेष्ट नेगेटिभ आएको खैरहनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीले बताए । टोल विकास संस्था हँुदै वडाबाट सुरुमा ५२ जनाको मात्र तथ्यांक आएको थियो । तर धेरैको नाम छुटेको हुँदा परीक्षण गर्नेहरुको संख्या बढेको अधिकारीले बताए ।   

चैत महिनामा विदेशबाट आएकाहरु अझै केही छुटेका छन् । खैरहनी नगरपालिकालाई ८० थान मात्र किट प्राप्त भएको थियो । किट अभाव हुँदा छुटेकाहरुको र्‍यापिड टेष्ट हुन बाँकी रहेको छ ।   

खैरहनीमा मंगलबार,बुधबार र बिहीबार गरि तीन दिन र्‍यापिड टेष्ट गरिएको थियो । तथ्यांकमा रहेकाहरु सबैले १ दिन होम क्वारेनटाईनमा बिताएको स्वास्थ्य शाखा उपप्रमुख रुद्र शर्माले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 7 =