इन्द्रबराह स्मृति एमेच्योर गल्फको उपाधि सन्तोषलाई

चैत्र १७, धरान । पाँचौ इन्द्र बराह स्मृति एमेच्योर खुला गल्फ प्रतियोगिताको उपाधि सन्तोष कार्कीले हात पारेका छन् । धरान गल्फ क्लबको आयोजना र बराह ज्वेलरी इण्ड्रष्ट्रिज प्रालिको मुख्य प्रायोजनमा सम्पन्न प्रतियोगितामा इटहरीका कार्कीले ४ अण्डरको स्कोर गर्दै उपाधि जितेका हुन् । उनले प्रतियोगितामा कुल ५ ओभर ७५ स्कोर खेले । उनले पुरस्कार स्वरुप रनिङ शिल्ड, च्याम्पियन्न ट्रफी र नगर १२ हजारको भौचर प्राप्त गरे । 

प्रतियोगितामा समान ४ अण्डर स्कोर गर्दै विनोद राई दोस्रो भए । उनी ब्याक काउण्टको आधारमा कार्कीसँग पछि परेका थिए । राईले कुल ८ ओभर ७८ स्कोर खेलेका थिए । राईले ७ हजार बराबरको भौचर पाए । प्रतियोगितामा टिका लिम्बू १ अण्डर खेल्दै तेस्रो भए । उनले कुल १० ओभर ८० स्कोर खेलेर नगद ५ हजार बराबरको भौचर पाए । 

 

null

प्रतियोगितामा महिलातर्फ सुमित्रा लिम्बू प्रथम भइन् । उनले ५ अण्डर खेल्दै कुल ९१ स्कोर खेलिन् । उनले नगद ५ हजारको भौचर प्राप्त गरिन् । महिला प्रतियोगितामा नोर्किन पाख्रिन ५ ओभर खेल्दै दोस्रो हुँदा उनले कुल २६ ओभर ९६ स्कोर खेलिन् । पाख्रिनलाई ४ हजार बराबरको भौचर दिइयो । 

प्रतियोगितामा राजकुमार राई एक अण्डर खेल्दै ग्रोस विजेता भए । उनले कुल २ ओभर ७२ स्कोर गरेका थिए । अर्का खेलाडी काजी राईले इभनपार खेल्दै उपविजेता बने । उनले कुल ४ ओभर ७४ स्कोर गरेका थिए । उक्त विधा तर्फ प्रथम र दोस्रो खेलाडीलाई ट्रफीसँगै नगद १० हजार र ६ हजार बराबरको भौचर दिइएको थियो । 

 

प्रतियोगितामा नियरेष्ट टु दिन पिनको पुरस्कार बिक्रम राईले हात पार्दा लङ्गेष्ट ड्राइभको पुरस्कार निरज तामाङले जिते । मोष्ट बर्डिको पुरस्कार युवराज भुजेलले पाए । 

 

प्रतियोगितामा स्वर्गीय इन्द्रकुमार लामिछाने स्पेशल बर्डीको पुरस्कार ४ जनालाई दिइयो । डम्बर लिम्बू, लक्ष्मी प्रसाद गुरुङ, विष्णुकुमार राई र हेमबहादुर थापाले स्पेशल बर्डी पुरस्कार प्राप्त गरे । प्रतियोगितामा मस्ट बर्डी, लंगेष्ट ड्राइभ र नियरेष्ट टु दि पिनका विजेतालाई जनही ३ हजार बराबरको भौचरसँगै ट्रफी दिइएको थियो । स्पेशल बर्डीको पुरस्कार ५ हजार ४ जनाले जनही बाडे । 

 

हिजो शनिबार निर्वाणा कन्ट्री क्लब गल्फ कोर्षमा आयोजित प्रतियोगितामा कुल ५६ खेलाडीहरु सहभागी थिए । विजेता खेलाडीहरुलाई आयोजक क्लबका अध्यक्ष टिका लिम्बू, प्रमुख अतिथि एवं प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारी, बिशेष अतिथि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा राजकुमार रौनियार, नेपाल गल्फ संघका केन्द्रीय उपाध्यक्ष तिलक राई, बराह ज्वेलरीकी सञ्चालिका विष्णुमाया लामिछाने, धरान प्रमुख तथा प्रबन्ध निर्देशक मानबहादुर विश्वकर्मालगायतले पुरस्कार वितरण गरेका थिए । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =