कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

 

साउन १३, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरको छ । 

गत वैशाखमा सञ्‍चालन भएको कक्षा १२ को परीक्षाको नियमित, ग्रेड वृद्धि र आंशिकतर्फको सबै विषय र संकायतर्फको परीक्षाफल सोमबार साँझ प्रकाशित गरिएको हो । 

null

ग्रेडिङ पद्धतिअनुसार नौ वटा तहको ग्रेडअनुसार बोर्डले नतिजा सार्वजनिक गरेको हो । 

प्रकाशित नतिजा अनुसार ३.६१ देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ३ हजार ६७ छ । नियमिततर्फका २ लाख ९२ हजार १ सय ५३ परीक्षार्थीमध्ये ३ हजार ६७ जनाले मात्र उच्च तहको जीपीए प्राप्त गरेका हुन् । 

त्यस्तै ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या १६ हजार २ सय ४ जना रहेको छ भने ३१ हजार विद्यार्थीले २.८१ देखि ३.२० जीपीए, ५६ हजार ५०३ जनाले २.४१ देखि २.८० जीपीए, ८६ हजार २ सय २७ जनाले २.०१ देखि २.४० जीपीए प्राप्त गरेका छन् । 

त्यसैगरी १.६१ देखि २.०० जीपीए ल्याउने विद्यार्थी संख्या ६२ हजार ६१९ रहेको छ भने १.२१ देखि १.१६० प्राप्त गर्नेको संख्या १९ हजार छ । त्यस्तै ३ हजार ५२४ जनाले ०.८१ देखि १.२० जीपीए ल्याएका छन् भने १३ हजार ३ सय ६२ जनाले ०.० देखि ०.८० जीपीए प्राप्त गरेको बोर्डले जनाएको छ । 

ग्रेडवृद्धितर्फ ७८ हजार ७ सय ४४ परीक्षार्थी सहभागी थिए । आंशिकतर्फ ४१.८३ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको जनाइ जनाएको छ । ५७ हजार १ सय ७० परीक्षार्थीले आशिंकतर्फ परीक्षा दिएकोमा २३ हजार ९ सय १५ जना उत्तिर्ण भएका छन् । 

राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np र नेपाल टेलिकमको ww.neb.ntc.net.np वेबसाइटबाट हेर्न सकिन्छ । 

यस्तै नेपाल टेलिकमको मोबाइलमा १६०१ मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमको आईभीआर सेवाअन्तर्गत १६०१ नम्बर डायल गरेर प्राप्त निर्देशनअनुसार पनि नतिजा थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । 

नियमित, ग्रेडवृद्धि र आंशिकतर्फ गरी कुल चार लाख २८ हजार ६७ परीक्षार्थी सहभागी थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =