सुरक्षाका सवालमा देशको अपमान हुने कार्य भएको अध्यक्ष यादवको आरोप
२०७४ जेठ १५ गते

“
चितवन, वैशाख ३१ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूले बोलाएको पाहुनालाई सुरक्षा दिन नसक्नु राष्ट्रकै अपमान भएको बताएका छन् ।
आज पत्रकारहरुसँगको कुराकानीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा भारतीय सुरक्षाकर्मी परिचालनले नेपाली सेनाको मनोबल गिराउने काम भएको चर्चा गर्दै अध्यक्ष यादवले भने “नेपालमा आफ्नै सुरक्षा निकाय हुँदाहँुदै पनि अरुले सुरक्षा दिनु भनेको त्योभन्दा ठूलो राष्ट्रको अपमान अरु के हुन्छ ?”
संविधान संशोधन गरेर राष्ट्रिय समस्या समाधान गर्ने भए आफूहरु पनि सरकारमा जाने जानकारी दिंदै उनले भने, “जागिर खानका लागि मात्रै हामी सरकारमा जाँदैनौँ ।”
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








