मकालु खबरकर्मी खनाल सम्मानित

असोज १२, चितवन ।  मकालु खबरका लागि चितवन संवाददाता धु्रवराज खनाल सम्मानित भएका छन् । चितवनको रत्ननगर मुख्य कार्यालय रहेको युनिक वचत तथा ऋण सहकारी संस्थाले आफ्नो १२ औं वार्षिक साधारण सभाका अवसरमा आईतवार खनाललाई सम्मान गरेको हो । 

 पत्रकारीता मार्फत सहकारी सर्म्वद्धन तथा विकासमा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै चितवन सहकर्मी खनाललाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी रत्ननगर नगरपालिकाका मेयर नारायण बन, संस्थाका अध्यक्ष हरिभक्त घिमिरे,पूर्व अध्यक्ष कोमलचन्द्र खनालले पत्रकार खनाललाई दोसल्ला ओढाई प्रसंसा पत्रले सम्मान गरेका थिए । 

 पत्रकार खनाल डेढ दशकदेखी पत्रकारीता क्षेत्रमा क्रियाशिल छन् । खनाल पूर्वी चितवन पत्रकार संघका सचिव समेत हुन् । साधारण सभाकै अवसरमा सहकारीका जेष्ठ शेयर सदस्यहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा सहकारीका कार्यकारी प्रमुख अधिकृत मेघनाथ लामिछानेले संस्थाले गत वर्ष गरेको प्रगतिको विवरण प्रस्तुत गरेका थिए । प्रगति प्रतिवेदन प्रस्तुत गर्दै लामिछानेले गत वर्ष सो सहकारीले ४ करोड मुनाफा गरेको बताए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =