नेपाल पर्यटक यातायात व्यावसायी संघको नयाँ नेतृत्व भदौ २० मा

 

साउन १६, काठमाडाैं । नेपाल पर्यटक यातायात व्यावसायी संघ (एनटिभिए) कार्यसमितिको १८ औँ बैठकले आगामी १६ औँ बार्षिक साधारणसभा यही भाद्र २० गते सम्पन्न गर्ने निर्णय गरेको छ । संस्थाको साउन १५ गते बसेको कार्यसमितिको बैठकले साधारण सभासँगै नयाँ नेतृत्व चयन गर्ने निर्णय गरेको हो । 

अघिल्लो १५ औ बार्षिक साधरणसभाबाट प्रादेशिक संरचनाअनुसार सातै प्रदेशमा नेपाल पर्यटक यातायात व्यावसायी संघको संगठन बिस्तार गर्ने निर्णय अनुसार प्रादेशिक कार्यलयहरुको सञ्चालन कार्यबिधी पारित गरी गण्डकी प्रदेशमा तदर्थ समिती गठन भईसकेको छ । 

null

अन्य प्रदेशका हकमा यो प्रक्रियामा छ । केन्द्रमा पनि जुनसुकै रुपमा पर्यटक यातायात सेवा सञ्चालन गरिरहेका व्यावसायीहरुलाई नेपाल यातायात पर्यटक व्यावसायी संघको छाता संगठनभित्र आउन सार्बजनिक आह्वान गरिएकाे छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 4 =