काठमाडौँबाट नगदसहित हुण्डी कारोबारी पक्राउ

मंसिर १, काठमाडौ । प्रहरीले काठमाडौँबाट ३६ लाख रकम सहित एक भारतीय  हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।   

प्रहरीले आईतबार बिहान काठमाडौँको कुलेश्वरबाट भारतको बेतिया जिल्ला, जोगपट्टी थाना निवासी ५७ वर्षीय सत्यनारायण प्रसादलाई पक्राउ गरेको हो ।   

प्रहरीका अनुसार उनलाई अवैध रुपमा भारतीय नोटका साथै हुण्डी कारोबार गर्ने गरेको गोप्य सूचनाको अधारमा पक्राउ गरिएको हो ।   

महानगरीय प्रहरी वृत्त कालिमाटीका अनुसार पक्राउ परेका उनको साथबाट नेपाली नगद ३६ लाख रुपैयाँका साथै विभिन्न बैंकका ३६ लाख ५ हजार बराबरको ६ वटा चेक, खाली चेकबुक ६ वटा र मोबाइल समेत फेला पारिएको छ ।   

हाल उनलाई अनुसन्धानको लागि  राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाउने तयारी भइरहेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =