काठमाडौँबाट नगदसहित हुण्डी कारोबारी पक्राउ
२०७६ मंसिर १ गते

मंसिर १, काठमाडौ । प्रहरीले काठमाडौँबाट ३६ लाख रकम सहित एक भारतीय हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।
प्रहरीले आईतबार बिहान काठमाडौँको कुलेश्वरबाट भारतको बेतिया जिल्ला, जोगपट्टी थाना निवासी ५७ वर्षीय सत्यनारायण प्रसादलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनलाई अवैध रुपमा भारतीय नोटका साथै हुण्डी कारोबार गर्ने गरेको गोप्य सूचनाको अधारमा पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी वृत्त कालिमाटीका अनुसार पक्राउ परेका उनको साथबाट नेपाली नगद ३६ लाख रुपैयाँका साथै विभिन्न बैंकका ३६ लाख ५ हजार बराबरको ६ वटा चेक, खाली चेकबुक ६ वटा र मोबाइल समेत फेला पारिएको छ ।
हाल उनलाई अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाउने तयारी भइरहेको छ ।
२०७६ मंसिर १ गते
प्रतिक्रिया
सम्बन्धित








