प्रिमियर लिग: बर्नलीसँग बराबरी गर्दै चेल्सी चौथो स्थानमा उक्लियो
२०७६ वैशाख १० गते

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा बर्नलीसँग २-२ को बराबरी गर्दै चेल्सी चौथो स्थानमा उक्लिएको छ । बर्नलीले पहिलो गोल गर्दै खेलमा अग्रता कायम गरेको थियो । सो गोल खेलको आठौं मिनेटमा जेफ हेन्ड्रिकले गरेका थिए ।
त्यसपछि खेलको १२ औं मिनेटमा चेल्सीले बराबरी गोल फर्कायो । एन्गोलो कान्टेले बराबरी गोल फर्काएका थिए । बराबरी गोल फर्काएको चेल्सीका लागि गोन्जालो हेगुइनले १४ औं मिनेटमा गोल गर्दै २-१ को अग्रता कायम गरेका थिए ।
null
चेल्सीको सो अग्रतालाई एश्ली बार्नेसले खेलको २४ औं मिनेटमा गोल गर्दै बराबरी गरे । त्यसपछि दुबै टोलीले गोल गर्न नसकेपछि खेल २-२ को बराबरीमा सकिएको थियो । बराबरीको नतिजासँगै चौथो स्थानमा उक्लेको चेल्सीको ३५ खेलबाट ६७ अंक जोडेको छ । लिगको शीर्ष स्थानमा ८८ अंकसहित लिभरपुल रहेको छ ।
२०७६ वैशाख १० गते
प्रतिक्रिया
सम्बन्धित








