पेशा प्रति बफादार हुन १ नं प्रदेश सरकारका सभामुख भण्डारीको आग्रह

सुनसरी, बैशाख २९ । एक नंम्बर प्रदेश सरकारका सभामुख प्रदिप कुमार भण्डारीले राज्यमा तिनै तहको सरकार बनेकाले आ आफना पेशा प्रति बफादार हुन आग्रह गरेका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्सिङ पेशामा आबद्ध (नान) नामक संस्थाले शनिवार १९८ औं अन्र्तराष्ट्रिय नर्सिङ दिवस मनाउदै गर्दा प्रमुख अतिथीका रुपमा पाल्नुभएका भण्डारीले सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

भण्डारीले प्रदेश तथा केन्द्र स्तरीय नीतिहरु बन्ने क्रममा रहेकाले प्रदेश सरकारले पनि शिक्षा नितिलाई ब्यवस्थीत ढंगले अगाडी बढाउने बताए । जसका लागी प्रदेश सरकारले क्याबिनेट बैठकमा कुराहरु उठाउने गरेको बताए ।

छोटो समय सम्बोधन गरेका सभामुख भण्डारीले पबित्र ब्यक्तित्व फ्लोरेन्स नाईटेङगलको जन्मदिन मनाउने समय आफुलाई अवसर दिएकोमा नसिंङ डिपार्टलाई धन्यवाद समेत ब्यक्त गरेका थिए ।

साथै प्रदेश सरकारले हरेक क्षेत्रमा नर्सिङ पेशालाई सहयोग गर्न तयार रहेको भन्दै त्यसका लागी संस्थागत रुपमा नीति र सेवाका कार्यलाई लिएर आउन आग्रह समेत गरे ।

साथै सोही कार्यक्रममा बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका नर्सिङ डिपार्ट प्रमुख प्र.डा. अंगुर बडुले पेशालाई सेवामुखी तथा मर्यादित बनाउन निर्देशन समेत दिएका थिए ।

बडुले विरामी तथा आफन्तजनबाट गुनासो आउने हँुदा प्रतिष्ठानका नर्सिङ कर्मचारीहरुलाई विरामीसंग राम्रो बोली र व्यावहार प्रर्दशन गर्न निर्देशन समेत दिए ।

उनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत नर्सहरुले विरामी र तिनका आफन्तजनप्रति रुखो बोली र व्यवहार प्रर्दशन गर्ने गरेको आरोप लाग्दै आएको समेत बताए जसका लागी सबै नर्सिङ पेशामा सम्लग्न ब्यक्तित्वहरुले ध्यान दिनुपर्ने बताए ।

साथै सोही अवसरमा बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको जिओपिडी अघि बाट प्रतिष्ठानमा कार्यरत नर्स, शिक्षक, प्राध्यापक र अध्ययनरत नर्सिङ विद्यार्थीहरुले ¥र्याली समेत निकालेका थिए ।

प्रतिष्ठानबाट शुरु भएको ¥र्यालीमा विभिन्न सन्देशमूलक प्ले कार्ड र व्यानर समेत बोकिएको थियो । धरान बजार परिक्रमा गरी ¥र्याली कोणसभामा परिणत भएको थियो

नेपालमा नर्सिङ पेशामा १३ हजार ८ सय ३१ को संख्या रहेको छ । ती मध्ये प्रतिष्ठानमा मात्र ६ सय जना नर्सहरु तथा २२ जना नर्सिङ शिक्षकहरु कार्यरत रहेको कार्यक्रमका सभापति तथा प्रतिष्ठानमा कार्यरत्त प्रा.डा. उपेन्द्र यादवले जानकारी दिए ।

नर्सिङ दिवसको अवसरमा प्रतिष्ठानको कलेज अफ नर्सिङ र नर्सिङ सेवाले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेको थियो भने कार्यक्रममा अस्पताल डाईरेक्टर डा. गौरी शंकर शाह, डा.ज्ञानेन्द्र मण्डल लगायत सयौको संख्यामा बिभिन्न ब्यक्तिहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *