टी-२० विश्वकप छनोट : बन्द प्रशिक्षणका लागि २५ खेलाडी छनोट

काठमाडौं, ४ असार । सिंगापुरमा जुलाई २० देखि २८ तारिखसम्म आयोजना हुने आईसीसी वल्र्ड टी-२० एसियाली छनोटको फाइनल खेलका लागि मंगलबार २५ सदस्यीय प्रारम्भिक नेपाली क्रिकेट खेलाडीको छनोट गरिएको छ । प्रारम्भिक छनोटमा परेका खेलाडीलाई बन्द प्रशिक्षणमा राखिनेछ । आईसीसीका प्रतिनिधि इमिनुल इस्लाम, नेपाली टोलीका मुख्य प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्का सम्मिलित छनोट समितिले बन्द प्रशिक्षणका लागि खेलाडी छनोट गरेको हो । 

 

प्रशिक्षण बिहीबारदेखि सुरु हुनेछ । एसिया छनोटमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुबेतले प्रतिस्पर्धा गर्नेछन् । शीर्ष टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ । एसियाबाट यूएई आयोजक देशको हैसियतमा स्वतः छनोट भएको छ । नेपालले कतारसँग २३ जुलाईमा पहिलो, २४ जुलाईमा मलेसियासँग दोस्रो, २७ जुलाईमा कुबेतसँग तेस्रो र २८ जुलाईमा सिंगापुरसँग चौथो खेल खेल्नेछ । 

null

पारस खड्काको कप्तानीमा रहेको प्रारम्भिक टोलीमा ज्ञानेन्द्र मल्ल, अविनाश बोहरा, वसन्त रेग्मी, अमित श्रेष्ठ, भीम सार्की, विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, जितेन्द्रकुमार मुखिया, करण केसी, कुशल भुर्तेल, ललित भण्डारी, ललितनारायण राजवंशी र आरिफ शेख छन् । यसैगरी अन्य खेलाडीमा नन्दन यादव, पवन सर्राफ, प्रदीप ऐरी, राजु रिजाल, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, साहब आलम, शरद भेषवाकर, सोमपाल कामी, सन्दीप जोरा र सुशन भारी रहेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 6 =