जावलाखेललाई पराजित गदै सरस्वती चन्द्रागिरी गोल्डकपको फाइनलमा

काठमाडौं, २० वैशाख । ‘ए’ डिभिजनको चिरपरिचित प्रतिद्धन्द्धी ग्रान्डमास्टर जावलाखेललाई पराजित गर्दै सरस्वती युवा क्लब राजधानीमा जारी दोस्रो संस्करणको रोज बहिनी चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिता फाइनलमा प्रवेश गरेको छ । चन्द्रागिरी नैकापस्थित नैकाप फुटबल मैदानमा बिहीबार भएको पहिलो सेमिफाइनलमा सरस्वतीले जावलाखेलमाथि १–० को जित निकाल्दै उपाधि नजिक पुगेको हो । 

अब सरस्वतीले उपाधिका लागि शुक्रबार हुने एपीएफ र च्यासलबीचको विजेतासँग आइतबार प्रतिस्पर्धा गर्नेछ । सरस्वतीको जितको आत्मघाती गोल नै निर्णायक बन्यो । खेलको दोस्रो मिनेटमा नै जावलाखेलका डिफेन्डर गौतम श्रेष्ठले आफ्नै पोस्टमा गोल गरेका थिए । गौतम र गोलरक्षक अरुण तामाङबीच तालेमेल नमिल्दा गौतमको प्रहारले आफ्नै पोस्टको दिशा लिएको थियो । गौतमले ब्याकपास दिदा गोलरक्षक पोजिसन बाहिर रहेको थियो । 

सुरुमै पछि परेपछि जावलाखेलले सरस्वतीलाई दवावमा राखेपनि गोल गर्न भने सकेन । खेलको चौथो मिनेटमा ड्यानियल बेकेको प्रहार आकासियो । २१ औं मिनेटमा गोलरक्षक अरुण तामाङले फालेको लामो पासलाई फोडे फोफानाले नियन्त्रणमा लिदै बक्सबाहिरबाट गरेको प्रहार दोस्रो बारबाट थोरै बाहिरिदा बराबरीबाट चुक्यो । ३६ औं मिनेटमा टिना टिनाले गोल गरेपनि रेफ्रीले अफसाइडको इसारा गरे । 

null

पहिलो हाफको इन्ज्युरी समयमा कप्तान राजकुमार घिसिङको फ्रिकिक प्रहार पोस्टबाट थोरै बाहिरिदा अग्रता दोब्बर पार्ने मौका खेर गयो । दोस्रो हाफमा दुवै टोलीले गोलको प्रयास गरेपनि सफल भएन । ४९ औं मिनेटमा अमित लामाको पासमा सुजित बुढाथोकीकोप्रहार जावलाखेलका गोलरक्षकलु मुस्किलले बचायो । ५९ औं मिनेटमा अमित लामाको फ्रिकिकलाई गोलरक्षकले पुन मुस्किलले जोगायो । ६३ औं मिनेटमा सुजित बुढाथोकी वान भर्सेस वानको अवस्थामा चुके । 

६४ औं मिनेटमा ड्यानियलको प्रहार बाहिरियो । ७२ औं मिनेटमा ड्यानियलको बक्सभित्रको प्रहार पोस्टमा लागेर फर्कदा जावलाखेल बराबरी गोल गर्नबाट चुक्यो । त्यसपछि थप गोल निस्कन नसक्दा त्यही आत्मघाती गोल नै सरस्वतीलाई फाइनल पुग्न पर्याप्त बन्यो । सरस्वतीका ओको बोता खेलको म्यान अफ दि म्याच घोषित भए । उनले ५ हजार रुपैया पाए । प्रतियोगितामा शुक्रबार विभागीय नेपाल एपीएफ क्लब र भ्याली च्यासल युथ क्लबबीच दोस्रो सेमिफाइनल खेल हुनेछ । 

खेल दिनको ठीक ३ः३० बजे नैकापस्थित नैकाप फुटबल मैदानमा हुनेछ । १५ वैशाखबाट शुरु भएको प्रतियोगितामा आयोजक दीपशिखा युवा समुहसहित विभिन्न ८ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ पाउनेछन् । 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + two =