आजका पत्रपत्रिकामा यस्ता छन् मुख्य समाचार

काठमाडौं, ७ चैत । राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरुको प्राथमिकतामा राजनीतिसँगै स्वास्थ्य तथा शिक्षा क्षेत्रमा रहेका बेथितिहरु परेका छन् । त्यस्तै, पूर्वाधार निर्माणमा भइरहेको लापरबाही र स्थानीय तहको बढ्दो मनपरीतन्त्रमाथि पनि पत्रिकाहरुले नजर लगाएका छन् । 

 

प्रदेश २ सँग केन्द्र सरकारको पुनः खटपट सुरु भएकोलाई कान्तिपुरले आज मुख्य समाचार बनाएको छ । कान्तिपुरका अनुसार, प्रदेश २ सरकारले केन्द्रीय योजनाका रुपमा सञ्चालित सागरनाथ वन परियोजना प्रदेश २ ले खोसेपछि केन्द्र सरकार रुष्ट बनेको छ । प्रदेश २ ले उक्त वन परियोजना आफू मातहत लैजाने निर्णय गरेपछि मतान्तर देखिएको हो । शैक्षिक शुल्कका नाममा लाखौं रुपैयाँ असुलेर विद्यार्थी/अभिभावकलाई ठगी गर्ने मेडिकल कलेजलाई त्रिभुवन विश्वविद्यालयकै उपकुलपति तीर्थराज खनियाँले संरक्षण दिने गरेको अर्को खबर पनि कान्तिपुरमा छ । 

null

 

फागु पूर्णिमाको उल्लास झल्काउने तस्वीर छापेको अन्नपूर्णले कांग्रेस महामन्त्री शशांक कोइरालाले गणतन्त्र, संघीयता र धर्मबारे जनमत संग्रह गर्नुपर्ने भनेर व्यक्त गरेको भनाइलाई स्थान दिएको छ । कर्मचारी रिझाउन स्थानीय तहले मनपरी तलब वृद्धि गरेको अर्को खबर पनि अन्नपूर्णमा छ । समाचार अनुसार मनपरी बढेपछि मन्त्रालयले बेरुजु देखाउने चेतावनी दिएको छ । 

 

नागरिकमा विप्लव समूहविरुद्ध प्रहरीले आक्रामक अपरेसन चलाएको खबर छ भने गोरखापत्रले जनताको जलविद्युत्त कार्यक्रम सुरु भएको लेखेको छ । 

 

मानव स्वास्थ्यमाथि खेलबाड गर्दै भइरहेको गुणस्तरहीन औषधिको बिक्री–वितरणसँग सम्बन्धित खबर राजधानीमा छ । राजधानीका अनुसार, भारतमा उत्पादित गुणस्तर फेल भएका औषधि नेपाली बजारमा खुलेआम रुपमा छ्याप्छयाप्ती बिक्री हुने गरेका छन् । सरकारले प्रभावकारी बजार अनुगमन नगर्दा त्यस्ता औषधि नेपाली बजारमा खुलेआम बिक्री हुँदै आएको राजधानीको ठहर छ । 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =