सरकारद्वारा सर्वेन्द्र खनाल पुरस्कृत
२०७६ पुस १७ गते

पुस १७, काठमाडौँ । बिहिबार सरकारद्वारा नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई पुरस्कृत गरिएको छ ।
सरकारले उनलाई बेरुजु फछ्र्यौटमा उत्कृष्ट काम गरेको भन्दै पुरस्कृत गरेको हो ।
गृह मन्त्रालयले उनलाई नगद १० हजार सहित सम्मानपत्र प्रदान गरेर पुरस्कृत गरेको हो । गृहमन्त्रालयका अनुसार आर्थिक वर्ष २०७५–०७६ मा नेपाल प्रहरीको बेरुजु ८८.५ प्रतिशत फछ्र्यौट भएको छ ।

२०७६ पुस १७ गते
प्रतिक्रिया
सम्बन्धित








