प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाई मंसिर २३ मा हुने

मंसिर १९, काठमाडौँ । सरकारले सिफारिस गरेका ४ देशका राजदूतको सुनुवाई मंसिर २३ गते आइतबार गरिने भएको छ ।
संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित चार देशका राजदूतहरुमाथि मंसिर २३ गते सुनुवाई गर्ने भएको हो । सुनुवाईका लागि २३ गते ११ बजे बैठक बोलाइएको छ । संसदीय सुनुवाइ पछि उनीहरुलाई सरकारले नियुक्त गर्ने समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।
सुनुवाईपूर्व सरकारले सिफारिसमा परेका ४ जनाविरुद्ध उजुरी गर्न समितिले आह्वान गरेको थियो। समितिमा एक जना उजुरीकर्ताको उजुरी परेको बताइएको छ ।
null
उक्त उजुरीलाई लिएर समितिले २१ गते छलफल गर्दैछ। छलफलमा उजुरीकर्ता पनि सहभागी रहनेछन्।
कात्तिक २४ गतेको मन्त्रिपरिषदले भारतका लागि निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, संयुक्त अरब इमिरेट्सका लागि कृष्ण ढकाल र इजरायलका लागि अञ्जान शाक्यको नाम राजदूतमा सिफारिस गरेको थियो।








