राष्ट्रियसभामा आज पनि कांग्रेसकाे अवराेध, आधा घण्टाका लागि बैठक स्थगित

 

माघ १४, काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक नेपाली काङ्ग्रेसको अवरोधका कारण स्थगित भएको छ । 

आफ्ना शीर्ष नेता स्वर्गीय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पताललाई सरकारले कुन निकाय अन्तर्गत सञ्चालन गर्ने भन्ने कुनै निर्णय नगरेकोमा आपत्ति जनाउँदै काङग्रेसले आजको बैठक सञ्चालनमा अवरोध गरेको हो । 

null

यसअधि माघ दुई र सात गतेको बैठक पनि काङग्रेसले सोही कारण अवरुद्ध गरेको थियो । आजको बैठक शुरु हुने वित्तिकै नेपाली काङग्रेसका सांसद आ–आफ्ना स्थानमा उठेर विरोध गरेका थिए । 

त्यसपछि राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले काङग्रेसका सांसद बद्री पाण्डेलाई बोल्न समय दिएका थिए । 

त्यसपछि पनि नेपाली काङग्रेसका सांसदहरु आ–आफ्ना आसनबाट उठिरहेकाले अध्यक्ष तिमल्सिनाले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । 

दोस्रो बैठक पनि सुरु हुनासाथ पुनः कांग्रेसका सांसदहरुले अवरुद्ध गरेका थिए। तर, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकको कारवाही अगाडि बढाएपछि कांग्रेसका सांसदहरुले नाराबाजी गरेका थिए। 

व्यापकरुपमा मर्यादापालक परिचालन गरेपछि कांग्रेस सांसदहरु नाराबाजी मै सीमित भए। 

दोस्रो बैठकको कार्यसूचीबाट २ देखि ५ सम्मको बुँदा हटाइएको थियो। चिकित्सा शिक्षा विधेयक टेबुल भएपछि आधा घण्टाका लागि बैठक स्थगित भएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *