पाटन र आइओएमले लिन लागेकाे परीक्षा राेक्न सर्वाेच्चकाे अन्तरिम आदेश

भाद्र २०, काठमाडौं । त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको एमबिबिएस प्रवेश परीक्षा तत्काल नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। सर्वोच्च अदालतले शनिबारका लागि तय भएको आइओएमको प्रवेश परीक्षा तत्कालै रोक्न र छलफलका लागि २५ गते अदालतमा उपस्थित हुन आदेश दिएको छ । 

आयुष ओझाले चिकित्सा शिक्षा ऐन विपरित परीक्षा लिन लागेको भन्दै अदालतमा रिट दायर गरेका थिए। उक्त रिटको सुनुवाई गर्दै न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले परीक्षा रोक्न आदेश दिएको हो। 

सर्वाेच्चकाे अन्तरिम आदेश सँगै दुवै संस्थाले लिन तयारी गरेकाे परीक्षा प्रभावित भएकाे छ ।   

हेर्नुहाेस अन्तरिम आदेश 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 3 =