हिरासतभित्र सर्टले पांसो लगाइ झुण्डिएपछि..

काठमाडौं, २७ वैशाख । चितवन स्थित ईलाका प्रहरी कार्यालय रत्ननगरको हिरासतमा रहेका एक युवक गम्भीर घाईते भएपछि उनका आफन्त र स्थानियले कार्यालयमा तोडफोड गरेका छन् । कालिका नगरपालिका वडा नं १ का समिर घिसिङ हिरासतभित्रको शौचालयमा उनैले लगाएको सर्टले पांसो लगाइ झुण्डिएको अवस्थामा फेला पछि स्थानीय आक्रोशित भएका हुन् । 

 

गम्भीर घाईते भएका घिसिङको कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल पूरानो मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी दुर्गाराज रेग्मीले बताए । घिसिङका आफन्तले भने उनको मृत्यु भईसकेको भन्दै ईलाका प्रहरी कार्यालयमा तोडफोड गर्नुका साथै केहीबेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । 

null

सो क्रममा प्रहरीले केही राउण्ड हवाई फायर गर्नुका साथै अश्रुग्यास प्रहार गरेको थियो । तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले १५ जनाभन्दा बढीलाई नियन्त्रणमा लिएको छ । वैशाख २५ गते चोरी अभियोगमा घिसिङ पक्राउ परेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =