ग्लोबल टी-२० क्रिकेट लिगमा सन्दीप र सोमपाल अनुबन्ध
२०७६ असार ६ गते

काठमाडौं, ६ असार । नेपाली राष्ट्रिय क्रिकेट टोलीका दुई खेलाडी सन्दीप लामिछाने र सोमपाल कामीले क्यानडाको ग्लोबल टी–२० क्रिकेट लिग खेल्ने भएका छन् । बिहीबार भएको ड्राफ्टबाट लेग स्पीनर सन्दीप र तीब्र गतिका बलर सोमपाललाई लिगका क्लबले अनुबन्ध गरेका हुन् ।
सन्दीपलाई टोरन्टो नेसनल्सले ६० हजार अमेरिकी डलरमा अनुबन्ध खरेको हो । उनलाई १० औँ राउन्डमा छनोट गरेको थियो । सन्दीपले यो लिग देस्रो पटक खेलेका हुन् । उनले गत सिजन मोन्ट्रेल टाइगर्सबाट खेलेका थिए । यस्तै सोमपालले विनिपेग हक्सबाट खेल्नेछन् ।
null
सोमपाललाई ३ हजार अमेरिकी डलरमा हक्सले अनुबन्ध गरेको हो । सोमपाल पहिलोपटक ग्लोबल टी–२० मा छनोट भएका हुन् । उनी ११ औँ चरणमा छनोट भएका हुन् । लिग आगामी जुलाई २५ देखि १५ सम्म क्यानाडामा आयोजना हुँदैछ ।
२०७६ असार ६ गते
प्रतिक्रिया
सम्बन्धित








