आईपीएल: हैदरावादसँग पन्जाब पराजित, वार्नरको अन्तिम खेलमा शानदार प्रदर्शन

एजेन्सी । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा सनराईजर्स हैदरावाद विजयी भएको छ । राजिब गान्धी क्रिकेट स्टेडियममा सोमबार भएको खेलमा घरेलु टोली हैदरावादले पन्जाबलाई ४५ रनले पराजित गरेको हो । 

 

हैदरावादले दिएको २ सय १३ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरेको पन्जाबले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १६७ रन मात्र बनाउन सकेको थियो । पन्जाबका लागि लोकेश राहुलले ७९ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । 

null

यस्तै पन्जाबमा मायांक अग्रवालले २७ तथा निकोलस पुरनले २१ रन बनाए । सिम्रन सिंह १६ रनमा आउट हुँदा डेभिड मिल्लर ११ रनमा आउट भए । हैदरावादका खलील अहमेद र राशिद खानले ३/३ विकेट लिए । सन्दीप शर्माले २ विकेट लिए । 

 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभर खेल्दै ६ विकेट गुमाएर २१२ रन बनाएको थियो । हैदरावादका लागि डेभिड वार्नरले ८१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मनिस पाण्डेले ३६, रिद्दिमान शाहले २८ तथा मोहमद नाभीले २० रन बनाए । पन्जाबका मोहमद सामी र रविचन्द्र आश्विनले २/२ विकेट लिएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − one =