हावाहुरी र चट्याङको सम्भावना, सचेत रहन महाशाखाको आग्रह

वैशाख ३, काठमाडौं । हाल देशमा स्थानीय र पश्चिमी वायुको प्रभाव कायम रहेकाले मौसम बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसम बदली रहि केहि भू-भागमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।   

हावाहुरी र चट्याङको सम्भावना भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । प्रि-मनुसन (मनसुन अवधिअघि)का बेला चैतदेखि जेठसम्म नेपालमा हावाहुरी र चट्याङको सम्भावना हुन्छ । 

यस्तो छ दुई दिनेको पूर्वानुमान :- 

null

बैशाख ३ गते (बुधबार) 

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली  रहने छ। देशका केही स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको संभावना रहेको छ। 

रातीः देशभर आंशिक देखि सामान्य बदली  रहने छ। देशका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको संभावना रहेको छ। 

बैशाख ४ गते (बिहीबार) 

दिउँसोः  देशभर आंशिक देखि सामान्य बदली  रहने छ। देशका केही  स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको संभावना रहेको छ। 

रातीः  देशको पश्चिमी पहाडी भू-भागमा आंशिक बदली र मध्य तथा पुर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशको थोरै स्थानमा मेघगर्जन/ चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *