भिसा नआएको विषयमा मन्त्री श्रेष्ठले एन्फाबाट लिए जानकारी

बेलायतमा हुने दुई मैत्रीपूर्ण खेलको लागि नेपाली राष्ट्रिय फुटबल टिमको खेलाडी तथा अफिसियलको भिसा नआएको विषयमा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवको उपस्थितिमा अखिल नेपाल फुटबल संघ एन्फाका महासचिवसँग छलफल गरेका छन् ।

मंगलबार मन्त्री श्रेष्ठले मन्त्रालयमा भिसा नआएको विषयमा छलफल गरेका हुन् ।

भिसा ढिलाइको विषयमा मन्त्री श्रेष्ठलाई जानकारी गराउँदै एन्फा महासचिव राईले मंगलबार रातीसम्म भिसा आउने बताए । भिसा लिनकै लागि भारतको दिल्लीमा पठाएको पनि महासचिव राईले जानकारी गराए ।

एन्फाले मैत्रीपूर्ण खेलको लागि खेलाडी र अफिसियल गरी कुल ३० जनाको नाम राष्ट्रिय खेलकुद परिषदमा पठाएको र सोमबार स्वीकृति दिएको सदस्य सचिव टंक लाल घिसिङले मन्त्री श्रेष्ठलाई जानकारी गराए । यस बाहेक ५ जना एन्फा भीआइपी र १५ जना अन्य एन्फा पदाधिकारीको सहभागिताको स्वीकृतिको लागि परिषदमा पत्र नआएको पनि सदस्य सचिव घिसिङले स्पष्ट पारे ।

यस विषयमा एन्फा महासचिव किरण राईले खेलाडी र टिमको मात्र स्वीकृति लिनुपर्ने भएकाले अरूको हकमा स्वीकृति नलिएको जिकिर गरे । उनले बाँकी २० जना आफ्नै खर्चमा जाने पनि बताए । तर एन्फाले उनीहरूको भिसाको लागि बेलायती राजदूतावासमा भिसाको लागि सिफारिस गरेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *