भ्रष्टाचार मुद्दामा पूर्व आईजीपी बोहराले पाए सफाइ

 

मंसिर २०, काठमाडौँ । अवैध सम्पति जोडेर भ्रष्टाचार गरेको आरोप लागेका पूर्व प्रहरी महानिरीक्षक (आइजिपी) मोतीलाल बोहराले सफाइ पाएका छन् । 

भ्रष्टाचार मुद्दामा अन्तिम सुनुवाइ गर्दै सर्वोच्चले कुनै अकूत सम्पत्ति आर्जन नगरेको ठहर गरी सफाइ दिएको हो । 

null

विशेष अदालतले अवैध सम्पत्ति जोडेको अभियोगमा डेढ वर्ष कैद सजाय बिगो र जरिवाना गरी ५३ लाख ६२ हजार बराबर असुल हुने र १ डेढ वर्ष कैद हुने फैसला सुनाएको थियो। विशेष अदालतको सो फैसला उल्ट्याउँदै सर्वोच्च अदालतले आइजिपी बोहोरालाई सफाई दिएको हो । 

२०६१ साउन २९ गते अख्तियारले बोहराविरुद्ध विशेषमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। २०६८ चैतमा उनलाई विशेष अदालतले दोषी ठहर गरेको थियो । त्यसविरुद्ध बोहराले २०६९ मंसिर २९ गते सर्वोच्चमा पुनरावेदन गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =