पीपीएल क्रिकेट : बुटवललाई हराउँदै विराटनगर फाइनलमा

पुष १०, पोखरा । विराटनगर टाइटन्स पोखरामा जारी नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी २० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । अब उपाधिका लागि चितवन राइनोज र विराटनगर भिड्ने छन् ।   

फाइनलमा स्थान सुरक्षित गर्ने क्रममा विराटनगरले बिहीवार भएको इलिमिनेटरमा बुटवल ब्लास्टरलाई २१ रनले हरायो । बुटवललाई नै ठूलो अन्तरले हराएर बिराटनगरले इलिमिनेटरमास्थान पक्का गरेको थियो । 

फाइनल प्रवेशका लागि विराटनगरले दिएको १६६ रनको लक्ष्य पछ्याएको बुटवलले २० ओभरमा सबै विकेट गुमाएर १४४ रन मात्रै बनाउन सक्यो । 

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले २० ओभरमा ५ विकेट गुमाउँदै १६५ रन बनाएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − four =