नेपालले दियो यूएईलाई २८६ रनको लक्ष्य

भाद्र २४, काठमाडौँ ।  एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत नेपालले युएईलाई २ सय ८६ रनको लक्ष्य दिएको छ। 

श्रीलंकामा जारी यस खेलमा कप्तान रोहितकुमार पौडेलको कप्तानी पारीसँगै एसीसी यू-१९ एसिया कप क्रिकेटमा नेपालले यूएईलाई २८६ रनको लक्ष्य दिएको हो । 

टस जितेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरम नौ विकेट गुमाएर २ सय ८५ रन बनाएको हो। कप्तान रोहितकुमार पौडेलले नेपालका लागि  तेस्रो विकेटमा आशिफ शेखसँग ७१ र चौथो विकेटकामा सन्दीप जोरासँग ८५ रनको साझेदारी गरेका थिए  । 

बलिङतर्फ युएईका आकाश ताहिर र सञ्चित शर्माले तीन–तीन तथा पलानिएपन मेइयाप्पानले दुई र ऋषभ मुखर्जीले एक विकेट लिका थिए ।   

नेपाल र युएई प्रतियोगिताबाट बाहिरिएपछी  नेपाल र युएई रहेको समूह ‘बी’बाट आयोजक श्रीलंका र बंगलादेशले सेमिफाइनलमा स्थान ओगट्न सफल भएको छ ।   

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =