नेपालले दियो यूएईलाई २८६ रनको लक्ष्य
२०७६ भदौ २४ गते

भाद्र २४, काठमाडौँ । एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत नेपालले युएईलाई २ सय ८६ रनको लक्ष्य दिएको छ।
श्रीलंकामा जारी यस खेलमा कप्तान रोहितकुमार पौडेलको कप्तानी पारीसँगै एसीसी यू-१९ एसिया कप क्रिकेटमा नेपालले यूएईलाई २८६ रनको लक्ष्य दिएको हो ।
टस जितेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरम नौ विकेट गुमाएर २ सय ८५ रन बनाएको हो। कप्तान रोहितकुमार पौडेलले नेपालका लागि तेस्रो विकेटमा आशिफ शेखसँग ७१ र चौथो विकेटकामा सन्दीप जोरासँग ८५ रनको साझेदारी गरेका थिए ।

बलिङतर्फ युएईका आकाश ताहिर र सञ्चित शर्माले तीन–तीन तथा पलानिएपन मेइयाप्पानले दुई र ऋषभ मुखर्जीले एक विकेट लिका थिए ।
नेपाल र युएई प्रतियोगिताबाट बाहिरिएपछी नेपाल र युएई रहेको समूह ‘बी’बाट आयोजक श्रीलंका र बंगलादेशले सेमिफाइनलमा स्थान ओगट्न सफल भएको छ ।
२०७६ भदौ २४ गते
प्रतिक्रिया
सम्बन्धित








