सामाजिक सञ्जालमा छचल्कियो बाबुराम भट्टराई र कमल थापाको बैचारिक द्वन्द्व

पुष २८, काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाबीच सामाजिक सञ्जालमा जुहारी चलेको छ ।  

प्रदेश ३ को राजधानी हेटौंडा भएको विषयमा यी दुई नेताबीच बैचारिक द्वन्द्व भएको हो ।  कमल थापाले प्रदेश ३ को नामकरण र राजधानी तोकिएको विषयमा आइतबार ट्वीट गरेका थिए । 

थापाले लेखेका छन्, ‘प्रदेश नं ३ को नाम र राजधानी सर्वदलीय सहमतिको आधारमा निर्णय गर्न सफल भएकोमा मुख्यमन्त्री डोरमणि पौडेल र प्रमुख प्रतिपक्षी दलका नेता इन्द्र बानियाँलाई बधाइ ।’ 

Image result for बाबुराम भट्टराई र कमल थापा

‘अन्य प्रदेशका निम्ति पनि यो निर्णय प्रक्रिया अनुकरणीय हुन सक्ने थापाको भनाइ छ ।’ 

थापाले गरेको उक्त ट्वीटमा डा. भट्टराईले सोमबार प्रतिक्रिया लेखेका छन्, ‘पौडेल, बानियाँ, थापाहरुको सहमतिलाई सर्वदलीय हैन, एकल जातीय सहमतिभन्दा उपयुक्त होला ।’ 

उनले कमल थापालाई आफ्नो ‘सहपाठी’ र ‘मित्र’ भन्दै अगाडि लेखेका छन्, ‘नयाँ संविधानले समेत बहुजातीय भनेर स्वीकारीसकेको देशलाई एकल जातीय बनाउने हठले देशलाई दीर्घकालीन द्वन्द्वमा फसाउन सक्छ, फेरि पनि तपाईको पश्चगामी विचारको क्षणिक जितमा बधाइ छ ।’ 

थापाले लगत्तै डा. भट्टराईको भनाइप्रति प्रतिक्रिया जनाउँदै लेखेका छन्, ‘हाहाहा !! बाबुराम भट्टराई हसाउँनु हुन्छ ।’  

यसरी नेता द्वयबीच बैचारीक द्वन्द्व देखिएको हो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − one =