बलिउड कार्तिकले सारालाई बोकेर हिँडेपछी…
२०७६ माघ २७ गते

माघ २६, काठमाडौँ । हाल चलचित्र ‘लव आज कल’ को प्रमोशनमा व्यस्त रहेका बलिउड अभिनेता कार्तिक आर्यन र अभिनेत्री सारा अली खानको एक भिडियो सामाजिक संजालभरी भाईरल भईरहेको छ ।
अभिनेता आर्यन र अभिनेत्री साराको प्रेम प्रसंगले चर्चा पाईरहेको अवस्थामा आर्यनले सारालाई बोकेर हिँडेको भिडियो सामाजिक संजाल इन्स्टाग्राममा सेयर गरेपछी भाईरल भएको हो ।
उक्त भिडियोमा कार्तिकले सारालाई काखमा बोकेर हिडिँरहेका छन्, अनी सारा भने हाँसिरहेकी छिन् ।

चलचित्र प्रमोशनको क्रममा सारा र आर्यनले गरेका हरेक क्रियाकलाप अहिले मिडियामा चर्चाको विषय बनिरहेको छ ।
स्रोतका अनुसार ‘लव आज कल’ को प्रमोशनका क्रममा सारा बिरामी भएपछी कार्तिकले उनलाई बोकेर हिडेँका थिए । उनीहरुद्वारा अभिनित चलचित्र ‘लव आज कल’ भ्यालेन्टाइन डे अथार्त फेब्रअरी १४ मा प्रर्दशन हुँदैछ ।
२०७६ माघ २७ गते
प्रतिक्रिया
सम्बन्धित








