बलिउड कार्तिकले सारालाई बोकेर हिँडेपछी…

माघ २६, काठमाडौँ । हाल चलचित्र  ‘लव आज कल’ को प्रमोशनमा व्यस्त रहेका बलिउड अभिनेता कार्तिक आर्यन र अभिनेत्री सारा अली खानको एक भिडियो  सामाजिक संजालभरी भाईरल भईरहेको छ ।   

अभिनेता आर्यन र अभिनेत्री साराको प्रेम प्रसंगले चर्चा पाईरहेको अवस्थामा आर्यनले सारालाई बोकेर हिँडेको भिडियो सामाजिक संजाल इन्स्टाग्राममा सेयर गरेपछी भाईरल भएको हो ।   

उक्त भिडियोमा कार्तिकले सारालाई काखमा बोकेर हिडिँरहेका छन्, अनी  सारा भने हाँसिरहेकी छिन् ।   

Image result for kartik with sara

चलचित्र प्रमोशनको क्रममा सारा र आर्यनले गरेका हरेक क्रियाकलाप अहिले मिडियामा चर्चाको विषय बनिरहेको छ ।   

स्रोतका अनुसार  ‘लव आज कल’ को प्रमोशनका क्रममा सारा बिरामी भएपछी कार्तिकले उनलाई बोकेर हिडेँका थिए ।  उनीहरुद्वारा अभिनित चलचित्र ‘लव आज कल’ भ्यालेन्टाइन डे अथार्त  फेब्रअरी १४ मा प्रर्दशन हुँदैछ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + eight =