सासू बलात्कार गरेको आरोपमा ज्वाइँ पक्राउ

सल्यान, १७ साउन । ५२ वर्षीया दिदी सासूलाई बलात्कार गरेको आरोपमा प्रहरीले ४२ वर्षीय एक युवकलाई पक्राउ गरेको छ । कपुरकोट गाउँपालिका ५ रीम निवासी बोल्न नसक्ने सासूलाई घरमा कोही नभएको मौका पारी बलात्कार गरेको आरोपमा ज्वाइँ नाता पर्ने युवक बुधबार पक्राउ परेको इलाका प्रहरी कार्यालय लुहामका इन्चार्ज नरबहादुर खड्काले जानकारी दिए । 

मंगलबार दिउँसो घरमा कोही नभएको मौका छोपी माइतीमा बस्दै आएकी ती महिलालाई बलात्कार गरेको गाउँका महिलाले देखेपछि पीडितका आफन्तलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पीडितको स्वास्थ्य परीक्षण बुधबार जिल्ला अस्पताल सल्यानमा गरिएको छ । आजको अन्नपूर्ण पोष्टमा खबर छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − four =