इनोभेटिभ बास्केटबल आजदेखि

माघ २१, काठमाडौं । इनोभेटिभ इङलिस स्कुलको आयोजनामा नवौं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता मंगलबारदेखि सुरु हुँदै छ । 

प्रतियोगितामा सिनियर ब्वाइजतर्फ १० र सिनियर गल्र्समा ७ गरी १७ टिमको सहभागिता रहने इनोभेटिभका एकेडेमिक डाइरेक्टर हर्कबहादुर थापाले जानकारी दिएका छन् । दुबै समूहमा सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन् । 

प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने इनोभेटिभका प्रिन्सिपल विजय थापाले जानकारी  दिए । ब्वाइज र गल्र्स दुबैमा गत संस्करणको उपाधि विल्सन एकेडेमीले जितेको थियो । फाइनल माघ २७ गते हुनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 17 =