इनोभेटिभ बास्केटबल आजदेखि
२०७६ माघ २१ गते

माघ २१, काठमाडौं । इनोभेटिभ इङलिस स्कुलको आयोजनामा नवौं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता मंगलबारदेखि सुरु हुँदै छ ।
प्रतियोगितामा सिनियर ब्वाइजतर्फ १० र सिनियर गल्र्समा ७ गरी १७ टिमको सहभागिता रहने इनोभेटिभका एकेडेमिक डाइरेक्टर हर्कबहादुर थापाले जानकारी दिएका छन् । दुबै समूहमा सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन् ।
प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने इनोभेटिभका प्रिन्सिपल विजय थापाले जानकारी दिए । ब्वाइज र गल्र्स दुबैमा गत संस्करणको उपाधि विल्सन एकेडेमीले जितेको थियो । फाइनल माघ २७ गते हुनेछ ।
२०७६ माघ २१ गते
प्रतिक्रिया
सम्बन्धित








