धनगढीमा बम विस्फोटमा परि गम्भीर घाइते सिंहको मृत्यु

कैलाली, ३ साउन । कैलालीको धनगढीमा बम विस्फोटमा परि गम्भीर घाइते भएका बझाङका राम सिंहको उपचारका क्रममा मृत्यु भएको छ । धनगढीको शहीद गेट नजिकै रहेको निलम होटलमा बिहीबार साँझ बम विस्फोट हुँदा गम्भीर घाइते भएका राम सिंहको उपचारका क्रममा माया मेट्रो अस्पतालमा मृत्यु भएको हो । 

 

बम विस्फोटमा परि घाइते भएका होटेलका सञ्चालक केशवराज पाण्डेय, कञ्चनपुर बेल्डाँडीका लक्ष्मण सेरेला, धनगढीका जितेन्द्र यादव र ठेगाना नखुलेका मोबिन खानको उपचार भैरहेको छ ।विस्फोट भएको होटेलमा एक थान पेस्तोल र झोलासमेत फेला परेको छ । झोला र पेस्तो भेटिएकोले घटना शंकास्पद रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

null

घटनास्थलमा व्यापक प्रहरी परिचालन गरिएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । यसअघि ग्यास सिलिण्डर विस्फोट भएको भनिए पनि त्यो नभएर ठूलै बम विस्फोट भएको हुन सक्ने प्रहरीले जनाएको छ । घटनामा विप्लव समूहको संलग्नता रहेको प्रहरीले आशंका गरे पनि नेकपा विप्लव समूहले आफूहरुको संलग्नता नरहेको स्पष्ट पारेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + three =