विद्यार्थीलाई निर्घात कुट्ने शिक्षकले माफि मागे, स्कुलले कक्षा १२ सम्म निःशुल्क पढाईदिने प्रलाेभन

कात्तिक २७, विराटनगर ।  परीक्षामा फेल भएको भन्दै विद्यार्थीलाई निर्घात कुटपिट गर्ने शिक्षक निमेश बस्नेतले विद्यार्थीको अभिभावकसँग माफि मागेका छन् । विराटनगर ४ राजवंशी चोक स्थित अर्पण इङिलस स्कुलका सञ्चालक समेत रहेका शिक्षक बस्नेतले कक्षा ८ मा अध्ययनरत १४ वर्षिय रोश्नी भट्टराईलाई निर्घात कुटपिट गरेका थिए ।   

आज नै बस्नेतले विद्यार्थीको घरमा गएर आइन्दा आफुबाट यस्तो गल्ति नहुने भन्दै अभिभावकसँग माफि मागेको रोश्नीकी आमा पुष्पा भट्टराईले बताईन । पिडित रोश्नीका परिवारलाई स्कुल प्रशासनले समेत माफि माग्दै कक्षा १२ सम्म निःशुल्क पढाईदिने भन्दै परिवारलाई दवाव दिएको  रोश्नीकी आमाले बताईन  ।   

पिडितका परिवार सहमतिमा आउन नमाने पनि भोलिका दिनमा कुनै खाल्का अप्ठ्यारो आइ नपरोस भन्दै उनीहरु सहमतिमा आएको पुष्पाले बताईन । मंगलबार पिडित विद्यार्थी रोश्नी भटटराई र उनकी आमाले मकालु खबरसँग आफु माथि शिक्षकले निर्घात कुटपिट भएको सुनाएकी थिइन् । 

याे पनि हेर्नुहाेस 

http://www.makalukhabar.com/news/647994http://www.makalukhabar.com/news/647994 

स्कुलले लिएको दोस्रो सेमेस्टरको परीक्षामा ३ वटा विषयमा फेल भएको भन्दै विद्यार्थीको नितम्बमा पाईपले सोमबार निल डाम हुने गरी ति शिक्षकले पिटेका थिए । पिडित विद्यार्थीका परिवारले मंगलबार नै जिल्ला प्रहरी कार्यालय मोरङमा कुटपिट गर्ने शिक्षक विरुद्ध उजुरी दिएका थिए । 

मोरङ प्रहरीले बुधबार जिल्ला प्रहरी कार्यलयमा बोलाएको भएपनि बुधबार बिहानै विद्यार्थीको घरमा पुगेर शिक्षक निमेश बस्नेतले माफि मागेका थिए । पिडित रोश्नीले आफुलाई स्कुलबाट सरहरु घरमा आएर लगेको बताइन् ।  

अभिभावक सहमतिमा आए पनि उनलाई भने चित्त नबुझेको र आफु माथि यस्तो गल्ति भए पनि भोलिका दिनहरुमा अरु विद्यार्थीमा गल्ति नदोहोरियोस भन्ने चाहेको पिडित रोश्नीको भनाई छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 7 =