यादवले गरे आफ्नै आमाबाबुको हत्या, दाजु घाइते, यस्तो छ हत्या गर्नुकाे रहस्य

मंसिर २१, रुपन्देही । ओमसतिया गाउँपालिकामा एक जना आफ्नै आमा र बाबुको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् ।   

ओमसतिया गापा-४ सानो बालापुरका २८ वर्षीय गोरख यादवले घरमा बसिरहेको अवस्थामा आफ्नो ७२ वर्षीय बुवा रामनारायण यादव र ७० वर्षीया आमा ठगना यादवको खुर्पा प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । 

याक्रमणबाट बाबुको घटनास्थलमै र आमाको घाइते भएपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो । बाबुआमामाथि आक्रमण भइरहेको देखेर बचाउँन गएका उनका दाजु जोगिन्दर समेत घाइते भएका छन् । उनको भैरहवास्थित युसिएमएस मेडिकल कलेजमा उपचार भइरहेको छ । 

null

अभियुक्तले पहिले बावुको र पछि आमाको हत्या गरेको स्वीकार गरेका छन् । यादवको मानसिक सन्तुलन बिग्रिएर औषधि सेवन गर्दैआएको प्राराम्भिक अनुसन्धानमा खुलेको प्रहरीले बताए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =