दबाबमा भारतः रोहित, विराट र राहुल आउट
२०७६ असार २६ गते

असार २५ काठमाडौं । इंग्ल्यान्डमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा न्यूजिल्यान्डविरुद्धको खेलमा भारतले खराब सुरुवात गरेको छ ।
न्यूजिल्यान्डले दिएको २४० रनको लक्ष्य पछ्याएको भारतले मुख्य तीन खेलाडी गुमाइसकेको छ । रोहित शर्मा, कप्तान विराट कोहली र केएल राहुल समान १–१ रनमा आउट भएका हुन् ।
null
यी तीन जना आउट भएपछि क्रिजमा रिषभ पन्त र दिनेश कार्तिक रहेका छन् ।
पुरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर २३९ रन बनाएको न्युजिल्यान्डका लागि रोस टेलर र कप्तान केन विलियम्सनले अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान विलियम्सनले ६७ रन बनाए ।
भारतका भुवनेश्वर कुमारले ३ विकेट लिए । जस्प्रित बुम्राह, हार्दिक पाण्ड्या, रबिन्द्र जडेजा, युजभेन्द्र चहालले समान १–१ विकेट लिए ।
२०७६ असार २६ गते
प्रतिक्रिया
सम्बन्धित








