च्याम्पियन्स लिग: पोर्टोलाई पराजित गर्दै लिभरपुल सेमिफाइनलमा प्रवेश

एजेन्सी । च्याम्पियन्स लिगमा इंग्लिस क्लब लिभरपुल लगातार दोस्रो सिजन सेमिफाइनलमा प्रवेश गरेको छ । पोर्टोलाई समग्रमा ६–१ गोल अन्तरले पराजित गर्दै लिभरपुल अन्तिम चारमा स्थान बनाउन सफल भएको हो । 

 

घरेलु मैदानमा भएको पहिलो लेगमा दुई शून्यले विजयी भएको लिभरपुलले पोर्टोलाई बुधबार राति दोस्रो लेगमा चार एकले पराजित गर्यो । खेलको २६ औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलका अग्रता बनाएको लिभरपुलले दोस्रो हाफमा थप तीन गोल गर्‍यो । 

null

६५ औं मिनेटमा मोहम्मद सलाहले लिभरपुलको अग्रता दुई शून्यमा पुर्‍याए । तर त्यसका तीन मिनेटपछि पोर्टोका इडे मिलिटोले गोल गर्दै अन्तर कम गरेका थिए । लिभरपुलले पोर्टोविरुद्ध त्यसपछि अरु दुई गोल थप्यो । ७७ औं मिनेटमा रोबेर्टो र्फेमिन्होले गोल गरे भने ८४ औं मिनेटमा भान जीकले साडियो मानेको पासमा लिभरपुलका लागि चौथो गोल गरे । 

 

यसका साथै लिभरपुलले पोर्टोलाई लगातार दोस्रो सिजन हराउन सफल भयो । अब सेमिफाइनलमा लिभरपुलले बार्सिलोनासँग खेल्नेछ भने टोटनह्यामले आयाक्ससँग प्रतिस्पर्धा गर्नेछ । लिभरपुल लगातार दोस्रो सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने पहिलो इंग्लिस क्लव बनेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − one =