डिसेम्बर १८ मा टेबलटेनिस हुँदै

मंसिर २७, काठमाडाैँ ।  अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा दक्षिण एसियाली होप एन्ड क्याडेट टेबलटेनिस च्याम्पियनसिप डिसेम्बर १८ तारिखमा हुने भएको छ । 

प्रतियोगितामा नेपालसहित श्रीलंका, भारत, पाकिस्तान र माल्दिभ्सका ४९ खेलाडीको सहभागिता रहने आयोजक संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् । होपतर्फ यु–१२ तथा क्याडेटतर्फ यु–१४ उमेरसमूहमा ब्वाइज/गर्ल्समा सिंगल्स र डबल्समा प्रतिस्पर्धा हुने छ । 

एकदिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने छ । प्रतियोगिताअघि पाँचदिने प्रशिक्षण भने शुक्रबारदेखि नै सुरु भएको छ । प्रशिक्षणमा  प्रतियोगितामा सहभागी खेलाडीहरु नै सहभागी छन् । 

Image result for टेबलटेनिस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =