डिसेम्बर १८ मा टेबलटेनिस हुँदै
२०७६ मंसिर २७ गते

मंसिर २७, काठमाडाैँ । अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा दक्षिण एसियाली होप एन्ड क्याडेट टेबलटेनिस च्याम्पियनसिप डिसेम्बर १८ तारिखमा हुने भएको छ ।
प्रतियोगितामा नेपालसहित श्रीलंका, भारत, पाकिस्तान र माल्दिभ्सका ४९ खेलाडीको सहभागिता रहने आयोजक संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् । होपतर्फ यु–१२ तथा क्याडेटतर्फ यु–१४ उमेरसमूहमा ब्वाइज/गर्ल्समा सिंगल्स र डबल्समा प्रतिस्पर्धा हुने छ ।
एकदिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने छ । प्रतियोगिताअघि पाँचदिने प्रशिक्षण भने शुक्रबारदेखि नै सुरु भएको छ । प्रशिक्षणमा प्रतियोगितामा सहभागी खेलाडीहरु नै सहभागी छन् ।

२०७६ मंसिर २७ गते
प्रतिक्रिया
सम्बन्धित








