महंगीले आकाशविन्दु छोइदिएरै हो, दाजुभाइ परदेशिने बहकाउ बढेको (गजल)
२०७६ वैशाख १५ गते

देखिहाल्यौ तरकारीको भाउ बढेकोटुक्रिएर विवशताको घाउ बढेको
महंगीले आकाशविन्दु छोइदिएरै हो दाजुभाइ परदेशिने बहकाउ बढेको
null
स्वदेशमा उत्पादन नै नभइदिनालेनजर गिद्धे छिमेकीलाई दाउ बढेको
विकृति र कुरीतीले समाज भिजिदिँदाहत्यारा दलालीको आउजाउ बढेको
मिलिजुली छैन कतै दिदीबहिनी मैत्यसैले त हत्या हिंसा ठाउँ–ठाउँ बढेको
दुर्गन्धित फोहोरको थुप्रो चारैतिरयसै होइन शहरमा आउँ बढेको
२०७६ वैशाख १५ गते
प्रतिक्रिया
सम्बन्धित








